२०८२ माघ २१ बुधवार , ०२:४९:४९ बजे

Sajhamanch
'

आजदेखि खाना पकाउने एलपी ग्यास सहज हुने निगमको दाबी

बुधवार, माघ २१, २०८२

काठमाडौं । नेपाल आयल निगमले आजदेखि खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुने र अभाव हट्ने दाबी गरेको छ । सहजै ग्यास पाउन नसकेको उपभोक्ताको गुनासो आइरहेका बेला निगमले अब सहज बन्दै जाने जनाएको हो ।

माघ लागेयता मुख्य गरी काठमाडौं उपत्यकामा ग्यासको अभाव छ । उपभोक्ताले पालो पर्खिनुपर्ने बाध्यता छ । बिक्रेताले ग्यास छैन भन्दै फर्काउने गरेको र डिपोहरूले समेत अभावले आपूर्तिमा समस्या रहेको बताएका छन् । जाडोमा ग्यासको खपत केही बढ्ने र समस्या हुने गरेको उनीहरुको भनाइ छ ।

भारतबाट मासिक ४९ हजार ५०० मेट्रिक टन ग्यास आउने गरेको छ । नेपाल आयल निगमका उपनिर्देशक तथा प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार निगमले अहिले देशभर रहेका ६० वटा उद्योगमा भारतबाट आएको ग्यास उपलब्ध गराएको छ ।

निगमले बजारलाई सामान्य अवस्थामा फर्काउन उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न अनुरोध गरेको छ । साथै चुनावका लागि लक्षित गरी थप दुई हजार मेट्रिक टन ग्यास आयात गर्ने तयारी भैरहेको प्रवक्ता ठाकुरले बताउनुभयो ।

सम्बन्धित खबर