२०८२ माघ २१ बुधवार , ०२:११:२९ बजे

Sajhamanch
'

झापामा वैदेशिक रोजगार र बैङ्किङ कसूरका दुईजना पक्राउ

बुधवार, माघ २१, २०८२

झापा । झापाको शिवसताक्षीमा वैदेशिक रोजगार र बैङ्किङ कसूर मुद्दाका दुईजना पक्राउ परेका छन् ।

हिजो बिहान १० बजे वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँमा वैदेशिक रोजगार सम्बन्धी कसूरमा चालु मुद्दाका फरार प्रतिवादी शिवसताक्षी नगरपालिका-४ बस्ने ३८ वर्षीय कमल पनेरुलाई इलाका प्रहरी कार्यालय शिबगंजको प्रहरी टोलीले पक्राउ गरेको हो । पनेरुलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ लगिएको छ ।

त्यस्तै हिजो दिउँसो ४ बजे बैङ्किङ कसुर मुद्दामा शिवसताक्षी-३ बस्ने ६० वर्षीय रामप्रसाद चापागाईँलाई प्रहरीले पक्राउ गरेको छ ।

बिर्तामोड–५ कनकाई रोडबाट जिल्ला प्रहरी कार्यालय झापाको पत्र आदेशले इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले चापागाईँलाई बाटोमा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

सम्बन्धित खबर