२०८२ माघ २१ बुधवार , ११:३६:१० बजे

Sajhamanch
'

काठमाडौंको चुनीखेल नयाँबस्तीमा आगलागी : २४ परिवार विस्थापित

बुधवार, माघ २१, २०८२

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेल नयाँबस्तीमा आगलागी भएको छ ।

गएराति पौने ११ बजेतिरबाट शुरू भएको आगो निभाउन झन्डै ३ घण्टा लागेको थियो । काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको हो ।

आगो लागेलगत्तै ७ जनालाई उद्धार गरिएको थियो । आगलागीका कारण २४ परिवार विस्थापित भएका छन् । आगोले लामो टहरा र त्यहाँ रहेका सरसामान जलेर नष्ट भएका वडाअध्यक्ष टीकानारायण श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार विस्थापितलाई नजिकैका अरु टहरामा राखिएको छ ।

उनीहरुलाई खाद्यान्न, लत्ताकपडालगायतका राहत उपलब्ध गराउने तयारी भइरहेको छ । बिजुली सट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आइसकेको छैन ।

सम्बन्धित खबर