२०८२ माघ २० मङ्गलवार , ०६:२१:०७ बजे

Sajhamanch
'

निर्वाचनलाई लक्षित सशस्त्र प्रहरीमा राजीनामा, रवाना र बिदा बन्द

मङ्गलवार, माघ २०, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कार्यालयहरूबाट राजीनामा, रवाना र बिदा बन्द गरिएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ बमोजिम सशस्त्र प्रहरी बल नेपालको अधिकतम जनशक्ति निर्वाचनमा परिचालन गर्नुपर्ने भएको हो।

त्यसकारण हुँदा माघ १९ गतेदेखि राजीनामा, रवाना र बिदा बन्द गरिएको सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो।

निर्वाचन अवधिभर सशस्त्र प्रहरी बलमा कार्यरत कर्मचारीहरूको राजीनामा स्वीकृत, अन्यत्र कार्यालयमा जानको लागि रवाना नगर्ने तथा अति आवश्यक बाहेक बिदा स्वीकृत नगर्न तथा नगराउनुहुन सम्पूर्ण कार्यालयहरुलाई परिपत्र गरिएको छ।

सम्बन्धित खबर