२०८२ माघ २० मङ्गलवार , ०३:२९:०० बजे

Sajhamanch
'

सरकारले संघीताको भावनाअनुसार काम गर्न सकेन : कृष्ण सिटौला

मङ्गलवार, माघ २०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौलाले संघीयता भावना अनुसार संघीय सरकारले काम गर्न नसकेको बताउनु भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा सिटौलाले जुनसुकै दलको नेतृत्वमा सरकार बनेपनि संघीयता भावना अनुसार संघीय सरकारले काम नसकेको बताउनु भएको हो ।

अहिले प्रदेश र स्थानीय तहका सरकार केन्द्रको मातहतको जस्तो देखिएको उहाँको भनाइ छ ।

संघीयताको भावना बोकेको प्रदेशहरूले पनि आफ्नो अधिकार प्रयोग गर्नै नसकेको भन्दै उनले संविधानले अनुसूचीमा रहेको अधिकारको बाँडफाँटको सूचीमा समेत समस्या रहेको धारणा बताउनु भयो ।

सिटौलाले कतिपय ठाँउमा प्रदेश सरकारभन्दा बढी स्थानीय सरकारले राम्रो काम गरेको देखिएको उल्लेख गर्नुभयो । उहाँले संघीयताको कार्यान्वयन सम्बन्धमा प्रतिनिधिसभा, राष्ट्रिय सभा दुवैले मिलेर एउटा साझा दृष्टिकोण बनाउनुपर्ने बताउनु भयो ।

बैठकमा अन्तरतह विधायिकी अन्तरसम्बन्ध सम्बन्धी भ्रमणको समीक्षा र मस्यौदा प्रतिवेदनमाथि छलफल भएको थियो ।

सम्बन्धित खबर