२०८२ माघ २० मङ्गलवार , ११:३०:५१ बजे

Sajhamanch
'

भद्रपुर विमानस्थलमा ब्राउनसुगरसहित एक युवती पक्राउ

मङ्गलवार, माघ २०, २०८२

झापा । भद्रपुर विमानस्थलमा लागूऔषध ब्राउनसुगरसहित एक युवती पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा हुम्ला खार्पुनाथ गाउँपालिका-२ घर भई हाल देश भारत कोलकाताको स्वंव जापनिज रेस्टुरेन्टमा विगत २ वर्षदेखि वेटरको काम गर्दै आएकी २६ वर्षीया रोशनी बुढा रहेकी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार साँझ ५ः३५ बजे यति एयरलाइन्सको फ्लाइट नम्बर ९२६ बाट भद्रपुरबाट काठमाडौँ जान लागेकी बुढालाई सुरक्षाकर्मीले चेकजाँचको क्रममा प्लास्टिकबाहेक १४४.४०० ग्राम ब्राउनसुगर फेला पारेको थियो ।

उनले सुरुवालको दुई वटै गोजीमा दुई वटा प्लास्टिकको पोकामा ब्राउनसुगर हालेर काठमाडौँ जान लागेकी थिइन् । पक्राउ परेकी उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर