२०८२ माघ १९ सोमवार , ०५:४७:२२ बजे

Sajhamanch
'

सेयर बजारमा सामान्य सुधार, घट्यो कारोबार रकम

सोमवार, माघ १९, २०८२

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य बढेर बन्द भएको छ ।

सुरुमा बढेर २७०६ अंकसम्म पुगेको नेप्से त्यसपछि उतारचढाव सहित अन्त्यमा १.५३ अंकले बढेर २६९५.७३ अंकमा पुगेर बन्द भएको हो ।

आइतबारको तुलनामा नेप्सेमा कारोबार रकम अझै घटेको छ । आइतबार ९ अर्बभन्दा बढी रहेको कारोबार रकम सोमबार घटेर ८ अर्ब २२ करोडमा सीमित भयो ।

सोमबार नेप्सेमा कारोबार भएका ११४ कम्पनीको सेयर मूल्य बढ्यो भने १३४ कम्पनीको घटेको छ । १३ कम्पनीको सेयर मूल्यमा भने कुनै हेरफेर भएन ।

 समूहगत परिसूचकमध्ये होटल र पर्यटन १.७७ प्रतिशत बढेको छ भने विकास बैंक ०.७७ प्रतिशतले उकालो लागेको छ ।

त्यस्तै फाइनान्स उपसूचक ०.८९ प्रतिशतले ओरालो लाग्दा जीवनबीमा भने ०.३५ प्रतिशतले घटेको छ ।

एसवाइ प्यानल, श्रीनगर एग्रिटेक र हिमस्टार ऊर्जाको सेयर १० प्रतिशतले बढ्यो भने मिथिला लघुवित्त वित्तिय संस्थाको मूल्य १० प्रतिशतले घटेको छ ।

सम्बन्धित खबर