
काठमाडौं । संविधान सभा सदस्य एवम् पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गर्नु भएको छ । उहाँले आज विज्ञप्ति जारी गरी एमाले परित्याग गरेको जानकारी दिनु भएको हो ।
विज्ञप्तिमा पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतिर लैजाने तथा स्वेच्छाचारी र विभेदकारी ढंगले सञ्चालन गर्ने विचार नीति र व्यवहारसँग असहमत भएर एमाले त्यागेको उल्लेख छ ।
सप्तरीका देव लामो समय एमालेको राजनीतिमा हुनुहुनथ्यो । तर पछि एमाले छाडेर उहाँ विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरी संविधानसभा सदस्य हुनुभएको थियो । उहाँ पर्यटन तथा संस्कृति मन्त्री समेत बन्नु भएको थियो ।
फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि उहाँ पनि साथै गएका थिए । उहाँ कांग्रेसबाट राष्ट्रियसभा सदस्य समेत हुनुभएको थियो ।
२० फागुन २०८० मा राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि उनी १७ असार २०८१ मा एमालेमै फर्किउनु भएको थियो ।


