२०८२ माघ १९ सोमवार , ०२:११:४६ बजे

Sajhamanch
'

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा

सोमवार, माघ १९, २०८२

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गतको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएसँगै प्रदेशको आर्थिक वृद्धिमा मद्दत पुग्ने विश्वास गर्नुभयो ।

उहाँले विगतमा ३३ केभी क्षमताको प्रसारण लाइनबाट कर्णाली प्रदेशमा विद्युत् आपूर्ति भइ ओभरलोड हुने, छिनछिनमा बत्ती गइरहने र लो–भोल्टेजको समस्यामा उल्लेख्य सुधार हुने बताउनुभयो । आयोजनाको सञ्चालनसँगै कर्णालीमा ठूला उद्योगधन्दा शुरू हुने र उनीहरुले सबैभन्दा बढी विद्युत् उद्योगमा खर्च हुन सक्ने उहाँको भनाइ छ ।

पुसको तेस्रो साता स्थलगत अवलोकन गरेर कार्यकारी निर्देशक शाक्यले आयेजनाबाट छिटो चार्ज गराउने गरी काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको थियो ।

आयोजनाका प्रमुख रविकुमार चौधरीले करिब ५२ किलोमिटर लामो कोलपुर–सुर्खेत खण्डको काम प्राधिकरणले दिएको जिम्मेवारीबमोजिम छिटो सम्पन्न गर्न सम्भव भएकोे बताउनुभयो ।

अब दोस्रो खण्डको सुर्खेत–दैलेख खण्डको काम तीव्र गतिमा अघि बढ्ने उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खबर