२०८२ माघ १८ आइतवार , १०:३५:२५ बजे

Sajhamanch
'

कमलका किशोरीलाई आत्मरक्षा तालिम

आइतवार, माघ १८, २०८२

कमल । झापाको कमल गाउँपालिकामा किशोरीहरुका लागि आत्मरक्षा तालिम सूरु भएको छ । कमल वडा नम्बर ३ स्थित शहीद धर्मभक्त माद्यमिक विद्यालयको सभाहलमा आजबाट सुरु भएको तालिम ५ दिनसम्म सन्चालन हुनेछ ।

तालिममा सहभागी किशोरीलाई हरिमाया राई, मिना पाठक, बसन्त धिमाल र चन्द्रप्रसाद राईले आत्मरक्षा सम्बन्धी विभिन्न विषयमा सहजीकरण गर्नु हुनेछ ।

गाउँपालिकाले विभिन्न विद्यालयमा अध्ययनरत १२० जना किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम प्रदान गर्ने लक्ष्य राखेर तेश्रो चरणको तालिम सुरु गरिएको महिला तथा बालबालिका शाखा प्रमुख रिता कार्की रिजालले बताउनु भयो ।

शहीद धर्मभक्त माद्यमिक विद्यालयका सहायक प्रधानाध्यापक मधुसुदन अधिकारीको अध्यक्षतामा सुरु भएको तालिम उद्घाटन कार्यक्रममा प्याब्सन कोशी प्रदेशका सचिव गौरीमान फागो, प्याब्सन कमलका सचिव तिलोचन गौतम लगायतको उपस्थिति थियो ।

सम्बन्धित खबर