२०८२ माघ १८ आइतवार , ०६:०८:३५ बजे

Sajhamanch
'

संसद्को नयाँ बैठक सिंहदरबारमै बस्ने

आइतवार, माघ १८, २०८२

काठमाडौं । संघीय संसद् सचिवालयले २१ फागुनको प्रतिनिधिसभा चुनावपछि आउने नयाँ संसद्को लागि नयाँ संसद भवन नै प्रयोग हुने जनाएको छ ।

संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले प्रतिनिधिसभाको निर्वाचन पश्चात तत्काल बैठक सञ्चालनका लागि सरकारसंग निरन्तर सम्वादमा रहेको र सिंहदरबारमै रहेको नयाँ संसद् भवन नै प्रयोग हुने जानकारी दिनु भएको हो ।

अहिले नयाँ संसद् भवनबाहेक अन्य विकल्पमा कुनै छलफल नभएको उहाँले बताउनु भयो । नयाँ संसद् भवनमा सभा सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरू न्यूनतम रूपमा भए पनि प्राप्त हुने संसद् सचिवालयको विश्वास रहेको उहाँको भनाइ छ ।

प्रवक्ता गिरीले अधिवेशन आह्वान हुनुभन्दा १५र२० दिनअगावै सभा कक्षसहितका आवश्यक पूर्वाधारहरू सचिवालयलाई उपलब्ध हुने उल्लेख गर्नुभयो ।

उहाँले नयाँ संसद् भवनमा निर्माण भइरहेको प्रतिनिधिसभातर्फ १२ वटामध्ये बैठक कक्षसहित ६ वटा कक्ष उपलव्ध भएको अवस्थामा बैठक सञ्चालन हुने देखिएको बताउनु भयो ।

तत्कालका लागि न्युनतम रूपमा बैठक सञ्चालन गर्ने र निर्माण भइसकेपछि क्रमश अन्य कामहरू नयाँ भवनबाट सुरु गर्नेगरी तयारी भएको उहाँको भनाइ छ । यसअघि संसद् सचिवालयले नयाँ सांसदका लागि आवश्यक व्यवस्था गर्न सरकारलाई पत्रचारसमेत गरेको थियो ।

सम्बन्धित खबर