
काठमाडौं । भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२६/२७ का लागि ८ अर्ब भारु अर्थात् १२ अर्ब ८० करोड नेपाली रुपैयाँ बराबर अनुदान दिने भएको छ ।
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आज संसद्मा प्रस्तुत गर्नुभएको बजेटमा नेपाललाई गएको वर्षको शुरुआती विनियोजन बराबरकै अनुदान दिने उल्लेख छ । गएको आर्थिक वर्षमा भारतले शुरूमा ८ अर्ब भारु विनियोजन गरे पनि त्यसलाई संशोधन गरेर ८ अर्ब ३० करोड भारु पुर्याएको थियो ।
भारतले सबैभन्दा धेरै भूटानलाई २२ अर्ब ८८ करोड, माल्दिभ्सलाई ५ अर्ब ५० करोड, म्यानमारलाई ३ अर्ब, श्रीलङ्कालाई ४ अर्ब, अफगानिस्तानलाई १ अर्ब ५० करोड, बङ्गलादेशलाई ६० करोड, अफ्रिकी देशहरूलाई २ अर्ब २५ करोड, मङ्गोलियलाई २५ करोड भारु अनुदान उपलब्ध गराउने उल्लेख छ ।


