२०८२ माघ १८ आइतवार , ०२:११:०९ बजे

Sajhamanch
'

वीरगञ्ज नाकाबाट ६ महिनामा ७ अर्ब ६४ करोड रुपैयाँको दलहन भित्रियो

आइतवार, माघ १८, २०८२

पर्सा । वीरगञ्ज हुँदै चालू आर्थिक वर्षको ६ महिनामा ७ अर्ब ६४ करोड रुपैयाँको सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ । गएको आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८० करोड रुपैयाँ बढीको दलहन खाद्यान्न भित्रिएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गएको आर्थिक वर्षको ६ महिनाको तुलनामा चालू आर्थिक वर्षको ६ महिनामा ३१ प्रतिशतले आयात बढेको बताउनुभयो ।

जबकि गएको आर्थिक वर्षको महिनामा भने सात थरिका दलहन खाद्यान्न ५ अर्ब ८३ करोड रुपैयाँको आयात भएको थियो । चालू आर्थिक वर्षको ६ महिनामा ३ अर्ब ८२ करोड रुपैयाँको मुसुरो दाल मात्रै आयात भएको छ ।

सम्बन्धित खबर