२०८२ माघ १६ शुक्रवार , ०२:२६:३२ बजे

Sajhamanch
'

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको आजदेखि परीक्षण हुँदै

शुक्रवार, माघ १६, २०८२

सुर्खेत । निर्माण सम्पन्न कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको आजदेखि परीक्षण हुँदैछ ।

प्रसारण लाइन राष्ट्रिय प्रणालीमा समाहित गर्नका लागि सुर्खेतको सुब्बाकुनामा निर्माण भएको सबस्टेशनसम्म १३२ केभी क्षमताको विद्युत् प्रवाह गरी परीक्षण गरिने नेपाल विद्युत् प्राधिकरण जनाएको छ । बाँके, बर्दिया र सुर्खेत रुटमा परीक्षणपछि प्रसारण लाइन सञ्चालनमा आउनेछ ।

प्राधिकरणले प्रसारण लाइनका टावरमा नचढ्न, कुनै पनि वस्तुले नछुन, टावर वरिपरि नजान, गाईवस्तुलाई टावर नजिक जान नदिन, खतराका सङ्केत देखाइएका विद्युत् संरचनालाई नछुन र बालबालिकालाई टावर नछुन तथा नजिक जान नदिन सचेत गर्न अनुरोध गरेको छ । साथै परीक्षणका क्रममा कुनै ठाउँमा भिल्का आएमा वा खतरा देखिएमा प्राधिकरण वा नजिकैको प्रहरीमा जानकारी दिनसमेत प्राधिकरणको आग्रह छ ।

नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण कार्य सम्पन्न भएको हो ।

यो विद्युत् प्रसारण लाइन सञ्चालनमा आएसँगै कर्णाली प्रदेशको राजधानी सुर्खेतसहित कर्णालीका विभिन्न ठाउँमा हुने गरेको अनियमित विद्युत् आपूर्तिको समस्या हट्ने अपेक्षा छ ।

सम्बन्धित खबर