२०८२ माघ १६ शुक्रवार , १२:०३:०० बजे

Sajhamanch
'

चीनमा म्याच फिक्सिङको आरोपमा १३ वटा क्लबलाई कारबाही

शुक्रवार, माघ १६, २०८२

काठमाडौं । चीनमा म्याच फिक्सिङको आरोपमा १३ वटा क्लब कारबाहीमा परेका छन् । म्याच फिक्सिङ, फुटबल उद्योगमा भ्रष्टाचारको अनुसन्धानपछि क्लबहरूलाई २१ हजार पाउन्ड स्टर्लिङदेखि १ लाख ४ हजार पाउन्ड स्टर्लिङसम्म जरिवाना गरिएको बीबीसीले जनाएको छ ।

प्रतिबन्ध परेकामध्ये ९ वटा टोलीले आउँदो चिनियाँ सुपर लिग सिजन माइनस अङ्कमा शुरू गर्नेछन् । यस्तै अन्य ४ वटा टोली पहिले नै चाइना लिग वानमा घटुवा भइसकेका छन् । गएको सिजनको उपविजेता शाङ्घाई शेन्हुआ र टियान्जिन टाइगर्सले सबैभन्दा धेरै १०–१० अङ्क गुमाएका छन् ।

उद्योग अनुशासन कायम राख्न, फुटबल वातावरण शुद्ध पार्न र निष्पक्ष प्रतिस्पर्धा कायम राख्न क्लबहरूमाथि जरिवना गरिएको अधिकारीहरूलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

यसअघि सन् २०२४ को सेप्टेम्बरमा चीनमा ४३ जना अधिकारी र खेलाडीहरूलाई आजीवन प्रतिबन्धमा परेका थिए ।

सम्बन्धित खबर