२०८२ माघ १६ शुक्रवार , ११:१५:५१ बजे

Sajhamanch
'

राजनीतिक तथा सामाजिक ब्यक्तित्व नारायण पाेखरेलकाे निधन

शुक्रवार, माघ १६, २०८२

बिर्तामोड । झापाका अग्रज राजनीतिक एवम् सामाजिक व्यक्तित्व नारायणप्रसाद पोखरेलको निधन भएको छ ।

क्यान्सरबाट पीडित पोरखेलको आज बिहान ७ बजे बिर्तामोड –४ स्थित निजी निवासमा निधन भएको हो ।

सामाजिक राजनीतिक क्षेत्रमा क्रियाशिल पोखरेल केही वर्षदेखि क्यान्सर रोगबाट पीडित हुनुहन्थ्यो । नेकपा एमालेको राजनीतिमा लामो समय क्रियाशिल रहनु भएका पोखरेल एमालेको जिल्ला सल्लाहकार सदस्य, तत्कालिन झापा क्षेत्र नं. ५ को संयोजक भएर काम गर्नुभएको थियो ।

झापा इनर्जी लिमिटेड , पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीको कार्यकारी भूमिकामा रहनु भएका पोखरेल अनाथ बालबालिकाहरुको हेरचाह गर्दै आएको तारा नमस्ते बालग्राम, साझामञ्च मिडिया प्रालिकाे सञ्चालक, टाइम्स मिडिया नेटवर्क प्रालिको अध्यक्ष लगायतको जिम्मेवारीमा रहनु भएको थियो । उहाँ गोलधाप गाविसका पूर्व अध्यक्ष हुनुहुन्छ ।

दुई वर्षदेखि क्यान्सरको उपचारमा रहनु भएका पोखरेलको ६८ वर्षको उमेरमा निधन भएको हो । परिवारिक स्रोतका अनुसार आज ११ बजे कनकाई माईमा उहाँकाे अन्त्येष्टि गरिने छ ।
अध्यक्ष पोखरेलप्रति साझामञ्च मिडिया प्रालि परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

सम्बन्धित खबर