२०८२ माघ १५ बिहिवार , १०:०२:०२ बजे

Sajhamanch
'

प्रादेशिक अस्पताल भद्रपुरमा २५ जनाले गरे रगत दान

बिहिवार, माघ १५, २०८२

भद्रपुर । ६४औँ नेपाल नर्सिङ दिवसको अवसर पारेर बिहीबार प्रादेशिक अस्पताल भद्रपुरमा रक्तदान कार्यक्रम गरिएको छ ।
नर्सिङ समिति प्रादेशिक अस्पताल भद्रपुरको आयोजनामा अस्पताल परिसरमा गरिएको रक्तदान कार्यक्रममा १३ महिला र १२ पुरुष गरी २५ जनाले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा गरिएको कार्यक्रमको उद्घाटन अस्पतालका डा. मनिष सुवेदीले गरेका थिए ।

नर्सिङ समितिका अध्यक्ष अनिता दाहालको अध्यक्षतामा भएको सो कार्यक्रमका बीच अस्पतालमा लामो समयदेखि सेवारत स्वास्थ्यकर्मी विश्वेश्वरप्रसाद चौधरीलाई सम्मान पनि गरिएको थियो ।

निरु कुँवरको सञ्चालन र रेनु मल्लिकको शाब्दिक स्वागत रहेको कार्यक्रममा प्रमुख अतिथि डा. सुवेदी, स्वास्थ्यकर्मी सीता भण्डारी, रञ्जना डाँगी, उपमा शिवाकोटी, कृष्णा सुवेदी, रोकाकुमारी शाहलगायतले मन्तव्य राखेका थिए ।