२०८२ माघ १५ बिहिवार , ०१:१४:१४ बजे

Sajhamanch
'

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

बिहिवार, माघ १५, २०८२

काठमाडौं । आज सुनको भाउ तोलाको ३ लाख ३९ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको भाउ ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ । हिजो सुनको भाउ तोलाको ३ लाख १८ हजार ८०० रुपैयाँ थियो ।

आज एकैदिन सुनको भाउ तोलामा २० हजार ५०० रुपैयाँले बढेको हो । यसैगरी, चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ तोलामा २०५ रुपैयाँ बढेको हो । केही दिनयता सुनचाँदीको भाउ निरन्तर बढिरहेको छ ।

सम्बन्धित खबर