२०८२ माघ १५ बिहिवार , १०:०१:३७ बजे

Sajhamanch
'

युवालाई आधुनिक प्रविधिसँग जोड्दै रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्ने सुनसरी ३ का उम्मेदवार भगवती चौधरीको प्रतिबद्धता

बिहिवार, माघ १५, २०८२

सुनसरी । प्रतिनिधि सभा निर्वाचनमा सुनसरी–३ बाट उम्मेदवार बन्नु भएकी भगवती चौधरीले जनताको हितका लागि अझ जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले सुनसरी–३ का गाउँ–टोलदेखि बस्ती–बस्तीमा जनताको साथमा रहेर विकास र समृद्धिको अभियानलाई अगाडि बढाउने बताउनुभयो । उम्मेदवार चौधरीले हरेक दिन जनताको सेवामा समर्पित हुने आफ्नो सङ्कल्प झन् बलियो बन्दै गएको धारणा राख्नु भएको हो । ‘हरेक बिहानको सूर्योदयसँगै सुनसरी–३ का जनताको हितका लागि अझ जिम्मेवार भएर काम गर्ने मेरो इच्छाशक्ति थप बलियो बन्दै जान्छ’ उहाँले भन्नुभयो ।

चौधरीले आफू सधैँ जनताकै साथमा रहने स्पष्ट पार्नुभयो । ‘म सधैँ तपाईंहरूकै साथमा छु हरेक समय, हरेक परिस्थितिमा’ उहाँको दृढता छ । उहाँले निर्वाचन केवल मत माग्ने अभियान मात्र नभई जनताको दुःख–सुखमा सहभागी हुने जिम्मेवारी भएको बताउनुभयो ।

नेकपा एमालेबाट उम्मेदवार बन्नु भएकी चौधरीको ‘सुनसरी–३ का गाउँ–टोल, बस्ती–बस्तीमा म सधैँ जनताको साथमा छु, जनताकै दुःख–सुखमा छु’ भनाइ छ ।

उम्मेदवार चौधरीले सुनसरी–३ मा युवालाई आधुनिक प्रविधिसँग जोड्दै रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘आधुनिक प्रविधि, डिजिटल सीप र नवप्रवर्तनमार्फत युवालाई घरमै बसेर स्वरोजगार बन्ने अवसर सुनिश्चित गरिनेछ,’ उहाँले बताउनुभयो ।

सुनसरी–३ को विकास र समृद्धिका लागि निरन्तर लागिरहने प्रण गर्दै चौधरीले जनताको आशीर्वादले आफूलाई थप प्रेरणा दिएको बताउनुभयो । ‘सुनसरी–३ का तपाईं बाबा–आमाको आशीर्वाद शिरमा लिएर अघि बढेकी छु’ उहाँले भन्नुभयो ।

चौधरीले विकासको यात्रामा इमानदारी र निरन्तरतामा जोड दिनुभयो । ‘सुनसरी–३ को विकास र समृद्धिका लागि इमानदारी, प्रतिबद्धता र निरन्तरताका साथ म लागिरहन्छु’ उहाँले भन्नुभयो ।

युवाको भावना बुझ्दै उहाँले भ्रष्टाचार विरुद्ध कठोर अडान लिएको बताउनुभयो । ‘युवा चाहन्छन्– भ्रष्टाचार नहोस्, युवा चाहन्छन्– विकास होस्’ उहाँले भन्नुभयो । उहाँले आफ्नो स्पष्ट प्रतिबद्धता प्रस्तुत गर्दै भन्नुभयो, ‘म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न।’

उम्मेदवार चौधरीले जनताको सेवामा सधैँ समर्पित रहने र सुनसरी–३ लाई विकास र समृद्धितर्फ डोर्‍याउने विश्वास दिलाउनुभएको छ । ‘सधैँ लागिरहन्छु,’ उहाँले दोहोर्‍याउँदै भन्नुभयो ।

सम्बन्धित खबर