२०८२ माघ १५ बिहिवार , ०९:१३:०४ बजे

Sajhamanch
'

जिल्लास्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकालाई

बुधवार, माघ १४, २०८२

झापा । शिवसताक्षी नगरपालिकामा सञ्चालन गरिएको झापा जिल्लास्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकाले उचालेको छ ।

दूधे रंगशालामा सम्पन्न फाइनल खेलमा कनकाई नगरपालिकाले दमक नगरपालिकालाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । कनकाईको जितमा रुचन लिम्बूले उत्कृष्ट प्रदर्शन गर्दै दुवै गोल गरेका थिए ।

उपाधि जितेसँगै कनकाई नगरपालिकाले एक लाख रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको दमक नगरपालिकाले ५५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु परेको छ ।

फाइनल खेलको ‘म्यान अफ द म्याच’ कनकाई नगरपालिकाका लक्ष्मण भुजेल घोषित भए । प्रतियोगिताका विभिन्न विधागत अवार्डहरूमा पनि कनकाई कै वर्चस्व देखिएको छ । सर्वाधिक गोलकर्ता रुचन लिम्बू, सर्वोत्कृष्ट खेलाडी क्याप्टेन मनिष भट्टराई, उत्कृष्ट मिडफिल्डर विशाल थेवे, उत्कृष्ट डिफेन्डर लक्ष्मण भुजेल र उत्कृष्ट गोलकिपर ज्ञानेन्द्र निरौला घोषित भए ।

माघ ९ गतेदेखि शिवसताक्षी नगरपालिकाको दूधे रंगशालामा सञ्चालन भएको उक्त प्रतियोगितामा झापाका १५ वटै स्थानीय तहका कर्मचारी टोलीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताले कर्मचारीबीच आपसी सद्भाव, सहकार्य र खेलकुद संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ ।