२०८२ माघ १४ बुधवार , ०४:४४:४८ बजे

Sajhamanch
'

दीपेन्द्रसिंह ऐरी टी–२० अलराउन्डर वरीयताको छैटौँ स्थानमा उक्लिए

बुधवार, माघ १४, २०८२

काठमाडौं । आईसीसी टी–२० अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी छैटौँ स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र २ स्थान सुधार गर्दै छैटौँ स्थानमा उक्लिएका हुन् ।

टी–२० अलराउन्डर वरीयतामा नेपालका अन्य खेलाडीहरू कुशल भुर्तेल २४औँ, रोहित पौडेल ४५औँ, गुल्सन झा ५१औँ, कुशल मल्ल ८९औँ र करण केसी ९९औँ स्थानमा छन् । यो वरीयताको शीर्ष स्थानमा जिम्बावेका सिकन्दर राजा, दोस्रो स्थानमा पाकिस्तानका सइम अयुब र तेस्रो स्थानमा भारतका हार्दिक पान्ड्या छन् ।

यस्तै टी–२० ब्याटिङ वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी ७५औँ, रोहित पौडेल ७७औँ, आसिफ शेख ७८औँ र कुशल भुर्तेल ७९औँ स्थानमा छन् । यो वरीयताको शीर्ष स्थानमा भारतका अभिषेक शर्मा, दोस्रो स्थानमा इङ्ग्ल्यान्डका फिल साल्ट र तेस्रो स्थानमा भारतकै तिलक वर्मा यथावत् छन् ।

यस्तै टी–२० बलिङ वरीयतामा नेपालका ललित राजवंशी ७५औँ, दीपेन्द्रसिंह ऐरी ७९औँ र सन्दीप लामिछाने ८३औँ स्थानमा छन् । यो वरीयताको शीर्ष स्थानमा भारतका वरुण चक्रवर्ती, दोस्रो स्थानमा अफगानिस्तानका राशिद खान र तेस्रो स्थानमा श्रीलङ्काका वानिन्दु हसरङ्गा छन् ।

टी–२० वरीयतामा नेपाल १७औँ स्थानमा यथावत् छ । टी–२० वरीयतामा पाकिस्तान १ स्थान सुधार गर्दै छैटौँ स्थानमा आइपुग्दा वेस्ट इन्डिज १ स्थान तल झरेर सातौँ स्थानमा छ । यो वरीयताको शीर्ष तीनमा भारत, अस्ट्रेलिया र इङ्ग्ल्यान्ड यथावत् छन् ।