२०८२ माघ १३ मङ्गलवार , ०५:२६:१४ बजे

Sajhamanch
'

शेयर बजार ४२ अङ्कले घट्यो

मङ्गलवार, माघ १३, २०८२

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४२ दशमलव ५८ अङ्कले घटेर २ हजार ७२६ दशमलव ५१ विन्दुमा झरेको छ ।

आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर सबैभन्दा धेरै २ दशमलव ४२ प्रतिशतले ओरालो लागेको छ । आज २२४ वटा कम्पनीको शेयर घटेकोमा ३४ वटाको बढेको छ । यस्तै २ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै ७ प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन सप्तकोशी विकास बैंकको शेयर भने ८ दशमलव ५६ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो १६ अर्ब ३५ करोडको कारोबार भएकोमा आज ३३३ वटा कम्पनीको ३ करोड २ लाख कित्ता शयर १४ अर्ब १६ करोड रुपैयाँमा किनबेच भएको छ ।

मङ्गलवार, माघ १३, २०८२ | Uncategorized

सम्बन्धित खबर