२०८२ माघ १२ सोमवार , १०:१२:३१ बजे

Sajhamanch
'

शिवसताक्षीमा न्यायिक समितिका कर्मचारी तथा जनप्रतिनिधिहरूलाई पुनर्ताजगीकरण तालिम

सोमवार, माघ १२, २०८२

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका न्यायिक समितिका कर्मचारी तथा जनप्रतिनिधिहरूलाई लक्षित गरी सञ्चालन गरिएको तीन दिवसीय पुनर्ताजगीकरण तालिम सम्पन्न भएको छ।

शिवसताक्षी नगरपालिका–११ दूधेमा शनिबारदेखि सुरु भएको तालिम आज सोमबार औपचारिक रूपमा समापन गरिएको हो। तालिममा न्यायिक समितिले अपनाउनुपर्ने कार्यविधि, मेलमिलाप प्रक्रिया, विवाद समाधानका उपाय, कानुनी प्रावधान तथा व्यवहारिक अभ्यासका विषयमा सहजीकरण गरिएको थियो।

तालिमको समापन कार्यक्रममा बोल्दै नगर उपप्रमुख नरमाया कार्कीले न्यायिक समितिमा वर्षेनी नयाँ–नयाँ मुद्दा आउने गरेको उल्लेख गर्दै ती मुद्दाहरूलाई सरल, सहज र न्यायपूर्ण ढंगबाट समाधान गर्न यस्ता तालिमहरू अत्यन्त उपयोगी हुने बताउनुभयो।

उहाँले न्याय सम्पादनका क्रममा विभिन्न कानुनी प्रावधानहरू पालना गर्नुपर्ने भएकाले पुनर्ताजगीकरण तालिमले कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।

तालिममा शिवसताक्षी नगरपालिकाको न्यायिक समिति तथा नगरका ११ वटै वडाका मेलमिलाप समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो। तालिमको सहजीकरण योगराज सापकोटा र याम माबोले गर्नुभएको थियो।

शिवसताक्षी नगरपालिकाको आयोजना तथा युवा केन्द्र नेपालको प्राविधिक सहयोगमा सम्पन्न उक्त तालिमले न्यायिक समितिका सदस्य तथा मेलमिलापकर्मीहरूको क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ।