२०८२ माघ १२ सोमवार , ०६:१७:११ बजे

Sajhamanch
'

निर्वाचन आयोगले हर्क साम्पाङ, शक्ति बस्नेत र हिक्मत कार्कीलाई स्पष्टीकरण सोध्यो

सोमवार, माघ १२, २०८२

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा कडाइ गरेको छ । यही माघ ४ गतेदेखि आचारसंहिता लागू गरेको आयोगले आफ्नो तर्फबाट अनुगमनसहित उजुरीका आधारमा पनि आचारसंहिता उल्लङ्घनका घटनालाई पछ्याइरहेको जनाएको छ ।

आयोगले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को जाजरकोटका उम्मेदवार शक्ति बस्नेतलाई पैसा बाँडेको भिडिओबारे स्पष्टीकरण सोधेको छ । त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।

यस्तै नेकपा (एमाले)का उम्मेदवार केपी शर्मा ओलीको मनोनयन दर्ता गर्दा सरकारी गाडी चढेर गएको विषयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई पनि स्पष्टीकरण सोधेको छ ।

द्वेषपूर्ण अभिव्यक्ति दिएको आरोपमा आयोगले काठमाण्डौ–४ बाट उम्मेदवार रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सुरेन्द्र भण्डारीलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने व्यक्तिलाई जरिवानादेखि उम्मेदवारी खारेजसम्म गर्न सक्ने अधिकार आयोगलाई छ ।

सम्बन्धित खबर