
काठमाडौं । सुनचाँदीको भाउले फेरि र्कीतिमान बनाएको छ । सुन आज तोलामा ५ हजार २०० रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ३ हजार ८०० रुपेयाँ थियो ।
यस्तै आज चाँदीको भाउले पनि र्कीतिमान कायम गरेको छ । चाँदी आज २८५ रुपैयाँले बढेर तोलाको ६ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको ६ हजार ४८० रुपैयाँ थियो ।


