२०८२ माघ १२ सोमवार , ०२:०९:३३ बजे

Sajhamanch
'

राष्ट्रिय लिग फुटबलमा चर्च ब्वाइज युनाइटेडको पहिलो जीत

सोमवार, माघ १२, २०८२

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा चर्च ब्वाइज युनाइटेडले पहिलो विजयी प्राप्त गरेको छ । काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशाला हिजो बेलुका भएको खेलमा चर्च ब्वाइजले जावलाखेल युथ क्लबलाई ३–० गोलले हरायो ।

चर्च ब्वाइजका अबायोमी फाकुनलेले २ र मिलन राईले १ गोल गरे । यसअघि हिजै भएका अरू खेलमा न्युरोड टिम (एनआरटी) र नेपाल एपीएफ क्लब विजयी भएका छन् । एनआरटीले फ्रेन्ड्स क्लबलाई र एपीएफले सङ्कटा एफसीलाई हरायो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् ।

सम्बन्धित खबर