
चितवन । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ ।
लु १ क ३८१४ नम्बरको बसले ठक्कर दिँदा नेपाल नमुना मावि केउरेनीमा नर्सरी कक्षाकी विद्यार्थी सुष्मा कुमारी पासवानको मृत्यु भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार विद्यालय हाताभित्र बस घुमाउने क्रममा बसले बालिकालाई ठक्कर दिएको थियो । घाइते बालिकालाई उपचारका लागि देवचुली नगर अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


