२०८२ माघ ११ आइतवार , ०४:०६:१९ बजे

Sajhamanch
'

बाबर, अफ्रिदीलाई समेट्दै टी–२० विश्वकपका लागि पाकिस्तानको टोली घोषणा

आइतवार, माघ ११, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि पाकिस्तानको टोली घोषणा भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आज सलमान अली अघाको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

पाकिस्तानको टोलीमा स्टार ब्याटर बाबर आजमसहित तीव्र गतिका बलरहरू नसीम शाह र शाहीन अफ्रिदी पनि छन् । टोलीमा अलराउन्डरहरू फहीम अशरफ, शादाब खान र मोहम्मद नवाज पनि अटाएका छन् । टोलीमा विकेटकिपर ब्याटर मोहम्मद रिजवान र तीव्र गतिका बलर हरिस रउफ भने अटाएका छैनन् ।

पाकिस्तान टी–२० विश्वकपमा समूह ‘ए’ मा परेको छ । यो समूहमा पाकिस्तानसहित साविक विजेता भारत, नेदरल्यान्ड्स, अमेरिका र नामिबिया छन् ।

१०औँ संस्करणको प्रतियोगिता आउँदो फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा संयक्त रूपमा आयोजना हुँदैछ । पाकिस्तानले फेब्रुअरी ७ मा कोलम्बोमा नेदरल्यान्ड्ससँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।

सम्बन्धित खबर