२०८२ माघ ११ आइतवार , ११:४४:४१ बजे

Sajhamanch
'

सर्लाहीको मलङ्गवा नगरपालिका–३ मा दादुरा सङ्क्रमण

आइतवार, माघ ११, २०८२

काठमाडौं । मलङ्गवा नगरपालिका–३ मा दादुराको सङ्क्रमण फैलिएको छ । मलङ्गवा–३ मा दादुरा सङ्क्रमणबाट प्रभावित सात जना रहेका छन् ।

स्वास्थ्य कार्यालयका प्रमुख डा। नवलकिशोर झाका अनुसार दादुराको सङ्क्रमणको आशङ्का गरिएका २२ जनालाई उनीहरुकै घरमा निगरानीमा राखिएको छ । दादुरा रोग तीव्रगतिमा फैलिने भएकाले यसबाट जोगिन आवश्यक सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले मलङ्गवावासीसँग अनुरोध गरेको छ ।

दादुरा रोगबाट बालबालिकालाई बचाउन र थप सङ्क्रमण फैलिन नदिन भोलिदेखि ४ दिनसम्म मलङ्गवामा विशेष खोप अभियान सञ्चालन गरिने प्रमुख डा. झाले बताउनुभयो ।

अभियानअन्तर्गत मलङ्गवा–३, २, ४, ८, ९ र १० वडाका ६ महिनादेखि १४ वर्ष उमेर समूहका बालबालिकालाई दादुराविरुद्धको खोप प्रदान गरिने मलङ्गवा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शाखाले अभिभावकलाई नजिकैको खोप केन्द्रमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा खोप लगाउन अनुरोध गरेको छ । खोप लगाउँदा दादुराको सङ्क्रमणबाट जोगिन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर