२०८२ माघ ९ शुक्रवार , ०९:०६:२२ बजे

Sajhamanch
'

झापा ५ मा बन्यो एमालेको निर्वाचन परिचालन समिति, संयोजकमा देवेन्द्र दाहाल

शुक्रवार, माघ ९, २०८२

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको निर्वाचन क्षेत्र झापा ५ मा राष्ट्रिय सभा सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ । यो समितिको सहसंयोजकमा केन्द्रीय सदस्यहरु दीपक कार्की र मेनुका काफ्ले तोकिनु भएको छ ।

संयोजक दाहालले २०४८ सालदेखि नै ओलीको चुनावी संयोजन गर्दै आउनु भएको इतिहास छ । हाम्रा चुनावी कमाण्डर र सहकमाण्डर विगतका निर्वाचनमा रणनीति बनाउने र त्यसको सफल कार्यन्वयन गर्ने नेता हुनुहुन्छ,’’ पार्टीका क्षेत्रीय संयोजक एवं परिचालन कमिटीका सचिव नारायण गौतमले भन्नुभयो, ‘उहाँहरुको नेतृत्वमा पार्टीका सबै कमिटी, कार्यकर्ताहरु परिचालन हुन्छन् । अध्यक्ष केपी शर्मा ओलीलाई जिताउन हामी सबै मतदाता केन्द्रीत कार्यक्रम लिएर घरैघरै जान्छौं ।’

निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले परिचालन कमिटी मातहत रहने गरी अरु ९ वटा उपसमिति पनि बनाइएको छ। समितिमा यो निर्वाचन क्षेत्रमा घर भएका नेताहरुलाई राखिएका छन्।

सम्बन्धित खबर