२०८२ माघ ९ शुक्रवार , ०६:०५:१५ बजे

Sajhamanch
'

प्रतिनिधि सभा निर्वाचन : देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी

शुक्रवार, माघ ९, २०८२

काठमाडौं । देशभर ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएका थिए । सो मध्येबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।

‘देशभर जम्मा ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी आयोगमा छ,’ शुक्रबार आयोगले आयोजना गरेको पत्ररका सम्मेलनमा उहाँले भन्नुभयो ।

त्यस्तै, ५ जनाविरुद्ध दाबी विरोध परेको थियो । जसमा १ जनाको मात्रै खारेज भएको र अन्य ४ जनाको यथावत रहेको पनि उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खबर