
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्नुभएको छ । वसन्त पञ्चमीको अवसरमा आज बिहान हनुमानढोका दरबारको नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले वसन्त श्रवण गर्नुभएको हो ।
त्यस अवसरमा हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई टीकामाला र फूलप्रसाद प्रदान गर्नुभयो । राष्ट्रपति पौडेलले विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्नुभएको थियो भने नेपाली सेनाको एक टुकडीले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो ।
समारोहमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखसहितको उपस्थिति रहेको थियो । वसन्त पञ्चमीका अवसरमा आज देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्ने प्रचलन रहेको छ ।


