२०८२ माघ ९ शुक्रवार , ०३:१९:५३ बजे

Sajhamanch
'

श्रीपञ्चमीमा मिथिलामा कृषि नववर्ष उत्सव

शुक्रवार, माघ ९, २०८२

महोत्तरी । महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी (वसन्तपञ्चमी)लाई कृषि नववर्षको रूपमा मनाउने परम्परा छ । मिथिला मुख्यतया कृषिप्रधान क्षेत्र भएकाले यस पर्वलाई किसानका लागि नयाँ वर्षको शुरुआत मानिन्छ ।

यस दिन किसानले कृषि श्रमिक र लोहार वरण गर्ने, हलो जोत्ने, कृषि औजार पूजा गर्ने तथा बीउ छनोट, शुद्धीकरण र भण्डारण गर्ने चलन छ । यससँगै वर्षभरि राम्रो खेतीपाती होस् भन्ने कामना गरिन्छ ।

श्रीपञ्चमीसँगै वसन्त ऋतु शुरु हुने र मौसम खेतीका लागि अनुकूल बन्ने विश्वास पनि रहेको छ । तर पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन, मौसमको अनिश्चितता, युवा श्रमिकको पलायन र सरकारी सहयोगको अभावका कारण परम्परागत अभ्यास कमजोर बन्दै गएको किसानहरू बताउँछन् ।

मिथिलामा हरियाली र सम्पन्नताको प्रतीक मानिने यो पर्व संरक्षण र सहजीकरणको आवश्यकता देखिएको छ ।

सम्बन्धित खबर