२०८२ माघ ९ शुक्रवार , ०३:२०:५९ बजे

Sajhamanch
'

चिनीको पोकामा १०२ ग्राम ब्राउनसुगर, गौरीगञ्जमा एक जना पक्राउ

शुक्रवार, माघ ९, २०८२

झापा । झापाको गौरीगञ्जबाट १०२ ग्राम ब्राउनसुगर बरामद भएको छ । हिजो दिउँसो १२ बजे गौरीगञ्ज १ कुञ्जीबारीस्थित नेपाल –भारत सिमानामा प्रहरी चौकी कुञ्जीवारि र बीओपी कुञ्जीवारिबाट खटिएको सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले चेकजाँच गर्दा भारतबाट नेपालतर्फ आउँदै गरेको मे. ३ प. २९६८ नम्बरको मोटरसाइकलमा चालक तत्काल नामथर वतन नखुलेका पुरुषले चेकिङ टोलीलाई देख्नसाथ मोटरसाइकल छोडेर फरार भएका थिए ।

मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलको लेगार्डमा प्लास्टिकको झोलाभित्र रहेको चिनीमा लुकाएर प्लास्टिकले पोको पारेको १०२ ग्राम ब्राउनसुगर फेला परेको थियो । ब्राउनसुगर र मोटरसाइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर