२०८२ माघ ८ बिहिवार , ०४:५३:४८ बजे

Sajhamanch
'

रुबिना क्षेत्रीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरिन्

बिहिवार, माघ ८, २०८२

काठमाडौं । नेपाली क्रिकेटर रुबिना क्षेत्रीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेकी छिन् । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा ३७ रन बनाउँदै ३२ वर्षीया क्षेत्रीले यो उपलब्धि हासिल गरेकी हुन् ।

रुबिना क्षेत्रीले ८१ खेलमा १ हजार ५ रन बनाएकी छिन् । रुबिना टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गर्ने दोस्रो नेपाली महिला क्रिकेटर हुन् । यसअघि कप्तान इन्दु बर्माले १ हजार रन पूरा गरेकी थिइन् ।

यसैबीच महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ । नेदरल्यान्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । यसअघि पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो ।

१० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीनमा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन् । ‘सुपर–सिक्स’ बाट शीर्ष चार वटा टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।