२०८२ माघ ८ बिहिवार , ०२:०२:२३ बजे

Sajhamanch
'

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते

बिहिवार, माघ ८, २०८२

बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म१त १०१३ नम्बरको ट्याक्टर आज बिहान साडे ९ बजेको समयमा पाटन नगरपालिका-८ को अनारखोलिमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान भएको छैन ।

दुर्घटनामा ३ जना घाइते भएको खोड्पे प्रहरी चौकीका इन्चार्ज उदयसिंह खडायतले जानकारी दिए । घाइतेहरूको पनि परिचय नखुलेको खडायतले बताउनु भयो । ‘भर्खरै उद्दारको काम गर्यौं, घाइतेहरूलाई डडेल्धुरा अस्पताल पठाएका छौं, सबै विवरण खुल्न बाकी छ’, प्रहरी इन्चार्ज खडायतले भन्नुभयो ।

ट्याक्टरमा चालकसहित ४ जना सवार रहेको बुझिएको छ । ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको छ ।

सम्बन्धित खबर