२०८२ माघ ८ बिहिवार , १२:५४:३४ बजे

Sajhamanch
'

टी–२० विश्वकप ग्लोबल छनोटमा नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य

बिहिवार, माघ ८, २०८२

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले ५ विकेट गुमाएर १४० रन बनायो ।

नेदरल्यान्ड्सकी बाबेट डे लीडेले सबैभन्दा धेरै ४९ रन बनाइन् । नेपालकी रुबिना क्षेत्रीले २ विकेट लिइन् ।

यसअघि पहिलो खेलमा नेपाल नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले भने लगातार दुई खेल जितेको छ । १० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीनमा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन् । ‘सुपर–सिक्स’ बाट शीर्ष चार वटा टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।