
काठमाडौं । सुनचाँदीको भाउले आज कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलामा एकैदिन तोलामा १० हजार ४०० रुपैयाँले बढेर तोलाको २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ८४ हजार ७०० रुपैयाँ थियो ।
सुनसँगै आज चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ । चाँदी आज तोलामा ४० रुपैयाँले बढेर तोलाको ५ हजार ९२० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ८८० रुपैयाँ थियो ।
विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको विश्लेषण गरिएको छ ।


