२०८२ माघ ७ बुधवार , १२:१४:१७ बजे

Sajhamanch
'

प्रदेशसभा सदस्य र पालिकामा रिक्त पदको चुनाव फागुन २१ लगत्तै : निर्वाचन आयोग

बुधवार, माघ ७, २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा सदस्य र पालिकामा रिक्त पदको चुनाव फागुन २१ लगत्तै गर्ने तयारी गरेको जनाएको छ ।

कतिपय प्रदेशसभा सदस्य र पालिकाका मेयर/उपमेयर/अध्यक्ष/उपाध्यक्षले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य चुनावमा सहभागि भएका छन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले रिक्त रहेका स्थानमा सरकारसँग आवश्यक परामर्श गरी ६ महिनाभित्र चुनाव गरिसक्ने जानकारी दिनुभयो ।

निर्वाचित भएर कार्यसम्पादन गरिरहेको पदबाट राजीनामा दिइसकेपछि ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने वैधानिक व्यवस्था हो । उहाँले आउँदो प्रतिनिधिसभा सदस्य चुनावलाई सम्पन्न गर्न सहयोग गर्न सरोकारवाला सबैमा आग्रह पनि गर्नुभएको छ ।

सम्बन्धित खबर