२०८२ माघ ६ मङ्गलवार , १०:२७:२२ बजे

Sajhamanch
'

झापाका सबै क्षेत्रका उम्मेदवारहरुको नामावली

मङ्गलवार, माघ ६, २०८२

झापा । फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी मनोनयन कार्य सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्र नं. ५ मा दलको झण्डा छोइदिएको विषयमा दुई फरक दलका कार्यकर्ताहरुले लखेटालखेट गरेको तर तत्कालै स्थितिलाई साम्य पारिएको र अन्य क्षेत्रमा कुनै अप्रिय घटना नभएको सुरक्षा स्रोतको भनाई छ ।

जिल्लामा विभिन्न २१ वटा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु गरी ८१ जनाले मनोनयन दर्ता गराएको प्रारम्भिक जानकारी दिइएको छ । पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको उम्मेदवारीको मनोनयनपत्र दर्ता गर्न निर्वाचन आयोगले आज बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा समय निर्धारण गरेको थियो ।

निर्वाचन अधिकृतको कार्यालयहरुले प्रकाशन गरेको प्रारम्भिक नामावली विवरण अनुसार झापा क्षेत्र नं. १ मा २ जना स्वतन्त्र र १३ जना राजनीतिक दलहरुबाट गरी १५ जना, क्षेत्र नं. २ मा ३ जना स्वतन्त्र र १५ जना राजनीतिक दलहरुबाट गरी १८ जना, क्षेत्र नं. ३ मा ३ जना स्वतन्त्र र १४ जना राजनीतिक दलहरुबाट गरी १७ जना, क्षेत्र नं. ४ मा १ जना स्वतन्त्र र १५ जना राजनीतिक दलहरुबाट गरी १६ जना र क्षेत्र नं. ५ मा ३ जना स्वतन्त्र र १२ जना राजनीतिक दलहरुबाट गरी १५ जनाको मनोनयन दर्ता भएको पाइएको छ ।

हेर्नुहोस् नामावली :

निर्वाचन क्षेत्र नं. १

१.राष्ट्रिय स्वतन्त्र पार्टी – निशा डाँगी
२. मंगोल नेशनल अर्गनाइजेशन– सन्तोष तामाङ
३. श्रम संस्कृतिक पार्टी – केवलराम राई
४. नेपाल कम्युनिस्ट पार्टी (एमाले) –रामचन्द्र उप्रेती
५. नेपाली कम्युनिस्ट पार्टी – अशेष घिमिरे
६. उज्यालो नेपाल पार्टी – नरेशकुमार लावती
७. राष्ट्रिय प्रजातन्त्र पार्टी – हेमराज कार्की
८. नेपाली कांग्रेस – केशवराज पाण्डे
९. स्वतन्त्र –दुर्गाबहादुर साँवा लिम्बू
१०. स्वतन्त्र –गणेशकुमार पोखरेल
११. नेपाल जनमुक्ति पार्टी – खान्द्रु कुरुवा
१२. संघीय लोकतान्त्रिक राष्ट्रिय मंच – मनबहादुर साँवा लिम्बू
१३. जनता समाजवादी पार्टी – रमा मेचे
१४. नेपाल मजदुर किसान पार्टी – हिरणकुमार भट्टराई
१५. नेपाल सदभावना पार्टी – ओलिन राजवंशी

निर्वाचन क्षेत्र न २

१. राष्ट्रिय प्रजातन्त्र पार्टी – भद्रप्रसाद नेपाल (स्वागत)
२. राष्ट्रिय स्वतन्त्र पार्टी– इन्दिरा राना मगर
३. मंगोल नेशनल अर्गनाइजेशन– अकलबहादुर तामाङ
४. नेपाल मजदुर किसान पार्टी– चन्द्रकुमारी गारु
५. जनता समाजवादी पार्टी – तिलबहादुर राई
६. श्रम संस्कृति पार्टी– केशवबहादुर भण्डारी
७. नेकपा (एमाले) – देवराज घिमिरे
८. नेपाली कम्युनिस्ट पार्टी– धर्मशिला चापागाई
९. नेपाली कांग्रेस– सरिता प्रसाई
१०. उज्यालो नेपाल पार्टी – चुडा कर्ण बेघा
११. नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) –श्रीप्रसाद सिटौला
१२. स्वतन्त्र – पुण्यप्रसाद आचार्य
१३. स्वतन्त्र – डा. युवराज संग्रौला
१४. संघीय लोकतान्त्रिक राष्ट्रिय मंच– अमृता लावती
१५. नेपाल कम्युनिस्ट पार्टी (माओवादी)– अर्जुनकुमार पाण्डे
१६. स्वतन्त्र – रमेशकुमार कार्की
१७. जनमत पार्टी – रमेशकुमार राजवंशी
१८. नेपाल जनमुक्ति पार्टी– मानबहादुर पुलामी मगर

निर्वाचन क्षेत्र नं ३

१. राष्ट्रिय स्वतन्त्र पार्टी – प्रकाश पाठक
२. नेपाल मजदुर किसान पार्टी – धर्मलक्ष्मी लधु
३. राप्रपा – राजेन्द्र लिङ्देन
४. जनमत पार्टी – हर्षलाल राजवंशी
५. मंगोल नेशनल अर्गनाइजेसन – यमकुमार श्रेष्ठ
६. श्रम संस्कृति पार्टी – दिपक तिम्सिना
७. नेकपा (एमाले) –हरिलाल राजवंशी
८. नेपाली कांग्रेस – राजेन्द्रकुमार घिमिरे
९. नेपाली कम्युनिस्ट पार्टी – डिल्लीराम घिमिरे
१०. जसपा – बिनिताकुमारी राजवंशी
११. स्वतन्त्र – मानबहादुर संग्रौला
१२. उज्यालो नेपाल पार्टी– श्यामकृष्ण पाठक
१३. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – चन्द्रकला साँवा
१४. जसपा नेपाल – कर्णलाल राजवंशी
१५. स्वतन्त्र – अभय राजवंशी
१६. नेशनल रिपब्लिक नेपाल – जयन मगर
१७. नेकपा (माओवादी) – सन्तोष कट्वाल

निर्वाचन क्षेत्र नं ४

१. राष्ट्रिय प्रजातन्त्र पार्टी –भक्तिप्रसाद सिटौला
२. राष्ट्रिय स्वतन्त्र पार्टी – शम्भुप्रसाद ढकाल
३. मंगोल नेशनल अर्गनाइजेशन – दिलिप धिमाल
४. नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) – टेकबहादुर अधिकारी
५. श्रम संस्कृति पार्टी – अमृतादेवी राई
६. नेपाल कम्युनिस्ट पार्टी (एमाले) – लालप्रसाद साँवा लिम्बू
७. नेपाली कम्युनिस्ट पार्टी – पुरुषोतम चुडाल
८. नेपाली कांग्रेस – देउकुमार थेवे
९. संघीय लोकतान्त्रिक राष्ट्रिय मंच – किरण लिम्बू लिङ्देन
१०. उज्यालो नेपाल पार्टी – सन्तोष तामाङ
११. नेपाल कम्युनिस्ट पार्टी (माओवादी) – ताराबहादुर थापा
१२. नेपाल मजदुर किसान पार्टी – तुलसी लक्ष्मी दुमरु
१३. स्वतन्त्र – साजन माझी
१४. जनता समाजवादी पार्टी – पल्टन ताजपुरिया
१५. जनमत पार्टी – लोश्रो हेमरम
१६. राष्ट्रिय मुक्ति पार्टी – त्रिनारायण राजवंशी

निर्वाचन क्षेत्र नं ५

१. राष्ट्रिय मुक्ति पार्टी – अमृत रसाइली
२. जनमत पार्टी– अमृतलाल महतो
३. नेकपा (एमाले) – केपी शर्मा ओली
४. पिपुल फर्स्ट पार्टी – धर्मराज गुरागाईं
५. नेपाल जनमुक्ति पार्टी– पदमबहादुर जवेगु
६. स्वतन्त्र – प्रकाश नेपाल
७. नेपाली कांग्रेस – मन्धरा चिमरिया
८. स्वतन्त्र – मातृका भट्टराई
९. नेपाली कम्युनिस्ट पार्टी – रञ्जित तामाङ
१०. राष्ट्रिय प्रजातन्त्र पार्टी– लक्ष्मीप्रसाद संग्रौला–
११. राष्ट्रिय स्वतन्त्र पार्टी – बालेन्द्र शाह
१२. स्वतन्त्र – शोभा भण्डारी
१३. नेपाल कम्युनिस्ट पार्टी (माओवादी) –सञ्जय राई
१४. राष्ट्रिय परिवर्तन पार्टी –सविन राई
१५. मंगोल नेशनल अर्गनाइजेसन– सानबहादुर मेचे

सम्बन्धित खबर