
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले प्रतिनिधिसभा सदस्य चुनावका लागि सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।
धरान सभागृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर साम्पाङले मनोनयन दर्ता गराउनुभएको हो । २०७९ सालको पालिका चुनावमा उहाँ धरान उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनुभएको थियो ।


