
पाँचथर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको काम देशैभर जारी छ । पाँचथरमा पनि निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
यहाँ १०२ वटा मतदान स्थल छन् । यसमध्ये मतदान केन्द्र १७९ वटा छन् । यहाँ एक लाख ४३ हजार ४०८ जना मतदाता छन् ।
यहाँका अतिसंवेदनशील मतदान केन्द्र २९ छन् भने संवेदनशीलको संख्या ६६ छ । त्यस्तै सामान्य संवेदनशील ७ वटा रहेको छ ।


