२०८२ फागुन ३ आइतवार , ०६:११:३१ बजे

Sajhamanch
'

तनहुँमा ट्रिपर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

मङ्गलवार, माघ ६, २०८२

तनहुँ । तनहुँमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मुत्यु हुनेमा गोरखा ताकुकोटका ४३ वर्षीय रामबहादुर गुरुङ छन् ।

शुक्लागण्डकी नगरपालिका– २ कोत्रेबाट थप्रेकतर्फ निर्माण सामाग्री लिएर जाँदै गरेको ग १ क ६४८५ नम्बरको ट्रिपर दुर्घटना भएको हो ।

शुक्लागण्डकी १ बतासेडाँडामा बिहान ९ बजे दुर्घटना भएको वडा सदस्य लक्ष्मीदेवि भण्डारीले बताउनु भयो ।

निर्माणाधीन लालध्वज मोटरमार्गको लागि निर्माण सामाग्री बोकेर गएको ट्रिपर उकालो घुम्तीमा ब्याक गर्दा ६० मिटर तल खसेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक धननारायण श्रेष्ठले जानकारी दिनुभयो ।