
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवार नबन्ने हुनुभएको छ । उहाँको स्वकीय सचिवालयकाले देउवा उम्मेदवार नबन्ने जानकारी गराएको हो ।
प्रतिनिधिसभा चुनावका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले आउँदो चुनावमा देउवाले भाग नलिने जानकारी दिनुभएको छ ।
देउवाले २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट उठ्दै र जित्दै आउनुभएको थियो । देउवा अहिलेसम्म सात पटक विजयी भइसक्नुभएको छ ।


