२०८२ माघ ६ मङ्गलवार , ११:१८:२४ बजे

Sajhamanch
'

यस्तो रहनेछ आज देशभरको मौसम

मङ्गलवार, माघ ६, २०८२

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको प्रभावले तराईका थोरै स्थानमा तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम मुख्यतया सफा छ।दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने अनुमान छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

राति तराईका केही स्थानमा हुस्सु लाग्नेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

सम्बन्धित खबर