२०८२ माघ ५ सोमवार , ०४:५६:२६ बजे

Sajhamanch
'

कांग्रेसले टुंग्यायो हिमाली जिल्लाका उम्मेदवार

सोमवार, माघ ५, २०८२

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ । पार्टीम चुलिएको विवादका बीच कांग्रेसले हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएका हो ।

नवनिर्वाचित सहमहामन्त्री फरमुल्लाह मन्सुरले २१ फागुनका लागि हुन गइरहेको निर्वाच्नका लागि हिमाली जिल्लाहरूमा उम्मेदवार टुंगो लगाइसकिएको बताउनु भयो । उहाँले उम्मेदवारहरूको नाम भने खुलाउनु भएन ।

‘हिमाली जिल्लाको सबै उम्मेदवार टुंगो लागिसकेको छ । अन्य जिल्लाको पनि करिब मिल्ने क्रममा छ,’ मन्सुरले भन्नुभयो, ‘अब अरु पक्षसँग पनि छलफल गरेर सबै ठाउँको निश्चित गर्छौं ।’

सम्बन्धित खबर