२०८२ माघ ५ सोमवार , ०४:१६:३४ बजे

Sajhamanch
'

पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेतीको निधन

सोमवार, माघ ५, २०८२

काभ्रेपलाञ्चोक । पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेतीको आज निधन भएको छ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-८ स्थित घरमा ८२ वर्षको उमेरमा उहाँको निधन भएको हो ।

आज बिहान ३ बजे निधन भएको वडाध्यक्ष मोतीलाल तामाङले जानकारी दिनुभयो । लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगले थलिएका उप्रेतीलाई उहाँकी श्रीमतीको कोरोनाकालमा निधन भएपछि भतिजा विष्णुबहादुरले रेखदेख गर्दै आएका थिए ।

लामो समयदेखि वामपन्थी आन्दोलनमा समाहित भएका उहाँलाई मध्यपूर्वीय क्षेत्रमा ‘रातो बाघ’ले परिचित थिए ।

तत्कालीन समयमा सांसद हुँदै श्रमराज्यमन्त्री भएका उप्रेतीले मालेबाट एकीकृत भएपछि एमालेको राजनीति गर्नु भएको थियो ।

एमाले फुटपछि (नेकपा) माले र त्यसपछि स्वतन्त्र जीवनयाजन गरेका उनले पछिल्ला वर्षमा तत्कालीन माओवादी केन्द्रमा रही वामपन्थी आन्दोलनमा सहभागी हुँदै आउनु भएको थियो ।

काभ्रेपलाञ्चोक र विशेष गरी कोशीपूर्वको विकासमा उनको ठूलो योगदान रहेको छ । उहाँको आजै दोलालघाटमा दाहसंस्कार गरिने वडाध्यक्ष लामाले जानकारी दिनुभयो ।

सम्बन्धित खबर