२०८२ माघ ५ सोमवार , ११:५८:२६ बजे

Sajhamanch
'

पूर्वमन्त्री यादव एमाले प्रवेश

सोमवार, माघ ५, २०८२

काठमाडौं । पूर्व मन्त्री एवम् जसपा नेपालका नेता प्रदीप यादव नेकपा एमाले प्रवेश गर्नु भएको छ । उहाँ गएराति एमाले प्रवेश गर्नु भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई खादा लगाइदिँदै पार्टीमा स्वागत गर्नु भएको थियो । यादवसँगै वीरगन्जका मेयर राजेशमान सिंह सहितका कार्यकर्ताहरू समेत एमाले प्रवेश गर्नु भएको हो।

यादव, ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री हुनुहुनथ्यो । गत भदौ २३ र २४ को जेनजी युवा आन्दोलनपछि ओलीसँगै सत्याच्युत हुनुभएको थियो ।

जेनजी आन्दोलनपछि यादव अशोक राई नेतृत्वको जसपा त्यागेर उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल प्रवेश गर्नु भएको थियो । पछिल्लो समय उहाँ जसपा नेपालका समन्वय समिति सदस्य हुनुहुनथ्यो ।

प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्ताको पूर्वसन्ध्यामा यादव जसपा नेपाल पनि त्यागेर एमाले प्रवेश गर्नु भएको हो ।

उहाँ पुनः पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीमा छन् । स्रोतका अनुसार ओलीले टिकट दिने वचन पनि दिइसकेका छन् ।

सम्बन्धित खबर