२०८२ माघ ४ आइतवार , १२:२५:५९ बजे

Sajhamanch
'

राष्ट्रिय लिग फुटबल : पुलिसलाई हराउँदै प्लानिङ ब्वाइजको विजयी शुरुआत

आइतवार, माघ ४, २०८२

काठमाडौं । प्लानिङ ब्वाइज युनाइटेडले नेपाल पुलिस क्लबलाई हराउँदै राष्ट्रिय लिग फुटबलमा विजयी शुरुआत गरेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो बेलुकी भएको खेलमा प्लानिङले पुलिसलाई १–० गोलले हराएको हो । प्लानिङको जीतमा शङ्कर रानाले ५३औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुनेछन् ।

राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् । लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने छ ।

सम्बन्धित खबर