२०८२ फागुन ४ सोमवार , ०४:३२:०३ बजे

Sajhamanch
'

प्रतिनिधिसभा उम्मेदवारको टुंगो लगाउन एमालेको सचिवालय बैठक सुरु

शनिवार, माघ ३, २०८२

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीमा नेकपा एमाले पनि जुटेको छ । संसद विघटनको मुद्धा सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्था र एमालेका हरेक नेताहरुको भाषणमा संसद पुनःस्थापनाको मत रहिरहेको अवस्थामा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन आज राखिएको सचिवालय बैठक भरखरै सुरु भएको हो ।

निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम भएकोले एमालेले उम्मेदवारको टुंग्याउन बैठक बोलाएको नेताहरूले बताएका छन् ।

एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरुले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् ।

जसअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ । हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निधो नभएकोले सबै क्षेत्रमा एमालले सूर्य चिह्नबाहक उम्मेदवार अघि बढाउने भएको छ ।

यसअघिको केन्द्रीय कमिटीको बैठकले निर्वाचनमा उम्मेदवार टुंग्याउन सचिवालयलाई जिम्मा दिने निर्णय गरेको थियो ।

सम्बन्धित खबर